२४ मंसिर २०८२ , बुधबार

भोजपुर नगरपालिका-९ ले नयाँ प्रशासनिक भवनबाट थाल्यो सेवा

News
१२ जेष्ठ, काठमाण्डौँ ।

भोजपुर नगरपालिका ९ ले नयाँ प्रशासनिक भवनबाट सेवा थालेको छ। वडाले स्थानीयवासीलाई पायक पर्ने स्थान पानीट्याङ्की नजिक रु ३४ लाख लागतमा कार्यालय भवन निर्माण गरेर सेवा प्रवाह थालनी गरेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए।

भवन निर्माणको लागि स्थानीयवासी ललित तामाङले निःशुल्क एक रोपनी जग्गा प्रदान गरेका थिए। आफ्नै वडामा कार्यालय भवन निर्माण भएर सेवा प्रवाह भएपछि सहजता भएको स्थानीयवासी धनबहादुर तामाङले बताए।