२८ जेष्ठ २०८२ , बुधबार

बेगनास तालमा डुबेर बेपत्ता भएका श्रेष्ठको शव फेला

News
२६ जेष्ठ, काठमाण्डौँ ।

पौडी खेल्ने क्रममा आइतबार साँझ कास्कीको बेगनास तालमा बेपत्ता भएका गोरखाको सहिद लखन गाउँपालिका–३ का राजेश श्रेष्ठको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ।

गोताखोर टिमका दीपेन्द्र विष्ट र माधव भुसालले आज तालको ३५ फिट गहिराइमा श्रेष्ठको शव भेटाएको कास्कीस्थित सशस्त्र प्रहरी बल, नेपालको नं. २४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिए।

उक्त गणका सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको टोली शवको खोज तथा उद्धारमा खटिएको गणपति तिमिल्सेनाले जानकारी दिए। अन्य व्यक्तिसँगै डुङ्गा सयरमा निस्कनुभएका श्रेष्ठ फर्कँदा पौडी खेल्ने क्रममा तालमा डुबेर बेपत्ता भएका थिए। श्रेष्ठको शव प्रहरीलाई जिम्मा लगाइएको छ।