१८ जेष्ठ २०८२ , आईतवार

भोजपुरमा अकबरे खुर्सानीखेती फस्टाउँदै, ९०० किसान व्यावसायिक रुपमा संलग्न

News
२ जेष्ठ, काठमाण्डौँ ।

भोजपुरको पौवादुङमा गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती गरेका छन्। गाउँपालिकाले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि यहाँका करिब ९०० किसान व्यावसायिक रुपमा खुर्सानीखेतीमा लागेका हुन्।

यो वर्ष यहाँको करिब ५०० हेक्टर क्षेत्रमा किसानले खुर्सानीखेती गरिरहेको कृषि शाखाका प्राविधिक बर्तेन्द्र राईले जानकारी दिए।