१९ फाल्गुन २०८२ , मंगलवार

भोजपुरको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन निर्माण अन्तिम चरणमा

News
१ श्रावण, काठमाण्डौँ ।

जिल्लाको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको छ। मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु सात करोड ५० लाख ४४ हजार १३७ को लागतमा निर्माणाधीन भवनको काम अन्तिम चरणमा पुगेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाका अनुसार भवनको काम ९० प्रतिशतभन्दा बढी पूरा भएको छ। आगामी भदौसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ।

भवन गाउँपालिकाको ४० प्रतिशत र केन्द्र सरकारले ६० प्रतिशत लगानी गर्ने गरी निर्माण थालिएको हो। केन्द्र सरकारले हालसम्म साझेदारी रकमको रु दुई करोड ३७ मात्र प्राप्त भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए। गाउँपालिकाले रु पाँच करोड लगानी गरिसकेको छ। गाउँपालिका भवन निर्माणको लागि हालसम्म रु छ करोड ९० भुक्तानी भइसकेको उनले बताए।