१५ बैशाख २०८२ , सोमबार

रौतहटमा १४ वर्षीय बालकको हत्या: मुख्य अभियुक्तसहित चार पक्राउ

News
१५ बैशाख, काठमाण्डौँ ।

रौतहटमा १४ वर्षीय कृष्ण प्रसाद यादवको हत्यामा संलग्न रहेको आरोपमा मुख्य अभियुक्तसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार घटनामा संलग्न रहेको आरोपमा दुई जना नागेन्द्र सहनी, विकास पटेल र अनिल साहलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार वृन्दावन नगरपालिका-७ का १४ वर्षीय कृष्ण प्रसाद यादव वैशाख ६ गतेदेखि हराइरहेका थिए। उनको शव वैशाख ११ गते गरुडा नगरपालिका-८ स्थित चाँदी खोलामा फेला परेको थियो। प्रहरीले शवको प्रकृति हेर्दा हत्या भएको आशंका गरेको थियो।

प्रहरीका अनुसार पक्राउ परेका नागेन्द्र सहनी (मुख्य अभियुक्त) ले कृष्ण यादवलाई गोली हानेको स्वीकार गरेका छन्। प्रारम्भिक अनुसन्धानमा दुई परिवारबीच पुरानो रिसिइबी रहेको खुलेको छ। नागेन्द्र सहनीको भतिजी मृतक कृष्ण यादवको बुबाको इँटा भट्टामा डुबेर मरेको विषयमा मृतक परिवारले नागेन्द्र सहनीमाथि आरोप लगाएका थिए।

प्रहरीले घटनामा प्रयोग भएको कटुवा पेस्तोल र मृतकले प्रयोग गरेको मोटरसाइकल बरामद गरेको छ। यस घटनामा संलग्न अन्य शंकास्पद व्यक्तिको पहिचान गरी खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ।