नेकपा (एमाले) का सचिव योगेश भट्टराईलाई ताप्लेजुङमा पहिचानवादी र नो केबलकार समूहले शौचालयभित्र थुनिदिएका छन्।
कञ्चनजङ्घा हिमालमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन फक्ताङलुङ गाउँपालिका–६ लेलेप पुगेका भट्टराईलाई पहिचानवादी र नो केबलकार समूहले घेरा हालेका थिए। उनी शौचालय गएको बेलामा उनीहरूले नाराबाजी गर्दै भित्रै थुनिदिएका हुन्।
उक्त समूहले भट्टराईविरुद्ध नाराबाजीसमेत गरेका थिए। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को शौचालयमा छिरेका भट्टराईलाई घेरेपछि प्रहरीले सुरक्षा दिएको थियो। प्रहरीले हेलिकोप्टरमार्फत् भट्टराईलाई काठमाडौं पठाएको छ।