१ असार २०८२ , आईतवार

एमाले सचिवालय बैठक आज बस्दै, नीति तथा कार्यक्रम र बजेटमा छलफल हुने

News
२१ बैशाख, काठमाण्डौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दै छ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे बैठक डाँकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।

उनका अनुसार बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने छ।