नेकपा(एमाले) संसदीय दलको बैठक आज दिउँसो बस्ने भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको लोत्से हलमा दिउँसो १ बजे बस्ने बैठकमा संसदमा यही जेठ १५ गते प्रस्तुत बजेट र समसामयिक विषयमा छलफल हुने मुख्य सचेतक महेशकुमार बर्ताैलाले जानकारी दिए।
पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा बजेट कस्तो आउनुपर्ने थियो र कस्तो आयो भन्ने विषयमा छलफल गरिनेछ। त्यसबारे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले जानकारी गराउनेछन्।