१४ बैशाख २०८२ , आईतवार

डिजिटल बोर्ड ह्याक गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

News
५ बैशाख, काठमाण्डौँ ।

डिजिटल बोर्ड ह्याक गरेको आरोपमा १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त महाराजगञ्जको टोलीले किशोरलाई बुधबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार राष्ट्रपति भवन पछाडि रहेको रोटरी क्लबको डिजिटल बोर्ड ह्याक गरी प्रधानमन्त्रीविरुद्ध नारा लेखिएको थियो। अनुसन्धानका क्रममा किशोरले प्रधानमन्त्रीविरुद्ध बोल्ने लहर चलेका बेला आफूले पनि बोर्ड ह्याक गरेको बताएका छन्। हालसम्म उनी कुनै समूहबाट परिचालित भएको पुष्टि भएको छैन।

प्रहरी उपरीक्षक (एसपी) अवस्थीका अनुसार, डिजिटल बोर्डमा अनधिकृत पहुँच लिनु विद्युतीय कारोबार ऐन, २०६३ अनुसार आपराधिक कार्य हो। यस्ता कार्य गर्नेमाथि उक्त ऐनको दफा ४५ अनुसार दुई लाख रुपैयाँसम्म जरिबाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।

हाल डिजिटल बोर्ड ह्याक गरी अश्लील शब्द, प्रेमसम्बन्धी सन्देश तथा राजनीतिक नेताहरूलाई गालीगलौज गर्ने प्रवृत्ति बढ्दो छ।