नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूसँगको वार्ता भोलि बिहान हुने जनाएको छ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्रीज्यूबाट आव्हान भएबमोजिम नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिलाई पत्राचार भएकोमा कारणवस आजका लागि निर्धारित भेटघाट र छलफल हुन नसकेको जानकारी दिएको छ।
विज्ञप्तिमा सम्मानित सर्वोच्च अदालतबाट आज प्राप्त आदेश समेतलाई ध्यानमा राखी नेपाल शिक्षक महासंघसँग भएको छलफल र परामर्श बमोजिम माननीय मन्त्रीज्यूको समुपस्थितिमा भोलि बिहान ७:३० बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने वार्ता र संवादको लागि महासंघका तर्फबाट अध्यक्ष एवम् अन्य पदाधिकारीहरू उपस्थित भईदिनु हुन मन्त्रालयले हार्दिक आव्हान गरेको छ।