१४ बैशाख २०८२ , आईतवार

राप्रपाको प्रदर्शन: सरकारी निरंकुशता विरुद्धको शान्तिपूर्ण प्रतिकार - राजेन्द्र लिङ्देन

News
७ बैशाख, काठमाण्डौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज सरकारी निरंकुशता विरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यो प्रदर्शन प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नारा दिएर जनतालाई सीमित दायरामा बाँध्न खोज्ने सरकारी रवैयाको विरुद्धमा भएको बताएका छन्।

"भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो," लिङ्देनले फेसबुकमा लेखेका छन्।

उक्त प्रदर्शनमा पार्टीका सीमित नेताहरूको मात्र सहभागिता रहनेछ। राप्रपा वैचारिक दृष्टिकोणले मुलुकको प्रमुख प्रतिपक्ष पार्टी भएको र आफूहरूले जे गर्छौं भनेरै गर्ने लिङ्देनले बताए। "सरकारले नडराए हुन्छ," उनले थपे।

राप्रपाले यो प्रदर्शनलाई सरकारको गलत नीतिको विरुद्धमा शान्तिपूर्ण तरिकाले खबरदारी गर्ने उद्देश्यले आयोजना गरेको जनाएको छ।