राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले संयोजक डा. धवलशम्शेर राणालाई तीनकुने घटनाको झुटा मुद्दामा फसाइएको दाबी गर्दै आपत्ति जनाएको छ।
समितिले राणाको स्वास्थ्य अवस्था गम्भीर रहेको र भारतमा उपचारमा जान नदिएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
राणालाई नियमित उपचार गर्न नदिइएको तथा मानवअधिकार उल्लङ्घन भएको उल्लेख गर्दै समितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई आवाज उठाउन आह्वान गरेको छ। साथै, उक्त घटनामा झूटा मुद्दा लगाइएकाले दोषी अधिकारीमाथि कारबाही र जनताको स्वतन्त्र आन्दोलनप्रति अवरोध नगर्न समितिले चेतावनी दिएको छ।