१ असार २०८२ , आईतवार

गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)

News
१५ जेष्ठ, काठमाण्डौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज गणतन्त्र दिवसलाई विशेष उत्सवका रूपमा मनाउँदै छ। सात दशक लामो बलिदानपूर्ण सङ्घर्षको बलबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई एमालेले विशेष उत्सवका रूपमा मनाउन लागेको हो।

उक्त पार्टीले आज बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आफ्नो मौलिक वेशभूषामा पार्टीका कार्यकर्ता सांस्कृतिक झाँकीसहित र्‍यालीमा सहभागी भएर भृकुटीमण्डपमा पुगी उत्सवमा सहभागी हुनेछन्।

यही जेठ ११ गतेको नेकपा एमाले सचिवालय बैठकले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको थियो। भृकुटीमण्डपमा आयोजना हुने कार्यक्रममा पार्टीका शीर्ष नेता सहभागी हुने प्रचार विभाग प्रमुख गौतमले बताए।