१३ बैशाख २०८२ , शनिबार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त, लिए शपथ

News
११ बैशाख, काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रघुजी पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त गरेका छन्। नवनियुक्त मन्त्री पन्तले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलनको दबाबपछि राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा पन्तलाई शपथ ग्रहण गराएका हुन्। यसअघि प्रधानमन्त्री ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई पदबाट हटाएका थिए।