२ असार २०८२ , सोमबार

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी, हेर्दाहेर्दैमा राखियो

News
७ जेष्ठ, काठमाण्डौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा मङ्गबार सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीशद्वय नकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा, रुपन्देहीमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेका तर्फबाट यो रिट दायर भएको हो । यसअघि यो रिट पटकपटक हेर्न नमिल्ने सूचीमा परेको थियो ।