राष्ट्रपति रामचन्द्र पौडेलसँग पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन्।
सङ्घीय संसद् प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका प्रचण्डले शुक्रबार दिउँसो राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो।
प्रचण्डको निजी सचिवालयका अनुसार राष्ट्रपति पौडेलसँग भेटमा समसामयिक परिस्थिति र राजनीतिको विषयमा छलफल भएको छ।