१३ बैशाख २०८२ , शनिबार

प्रचण्ड बारपाकमा, भूकम्प स्मृति दिवसमा सहभागी

News
१२ बैशाख, काठमाण्डौँ ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज गोरखाको बारपाक पुगेका छन्। उनी बारपाक सुलीकोट गाउँपालिकाले आयोजना गर्ने भूकम्प स्मृति दिवसको कार्यक्रममा सहभागी हुनेछन्।

२०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पको स्मृतिमा गाउँपालिकाले आज विशेष कार्यक्रम आयोजना गरेको हो। गाउँपालिकाले भूकम्प स्मृति दिवसको अवसरमा सार्वजनिक बिदा समेत दिएको छ। सो विनाशकारी भूकम्पले बारपाकमा ठूलो धनजनको क्षति पुर्‍याएको थियो।