२३ जेष्ठ २०८२ , शुक्रबार

जात र थरले होइन, सोच र योगदानले व्यक्तित्वको मूल्य हुन्छ : प्रधानमन्त्री ओली

News
२१ जेष्ठ, काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समानताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिए। साथै उनले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताए।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताए।

“आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्। नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो। मानवताभन्दा माथि कुनै जात छैन। रगत सबैको एउटै रङको हुन्छ। आँसु सबैको उस्तै वेदनाले बग्छ। हामीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ”, प्रधानमन्त्री ओलीले भने।