१४ बैशाख २०८२ , आईतवार

राजनीतिक व्यवस्था र संविधानको रक्षाका लागि शीर्ष नेताहरूसँग परामर्श भएको प्रधानमन्त्री ओलीको भनाइ

News
६ बैशाख, काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक व्यवस्था र संविधानको रक्षाका विषयमा प्रमुख दलका शीर्ष नेताहरुसँग महत्वपूर्ण परामर्श भएको बताउनुभएको छ।

शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले समावेशी गणतन्त्रको रक्षा गर्दै शान्ति सुव्यवस्था कायम राख्न सबै राजनीतिक शक्ति एकताबद्ध हुनुपर्नेमा सहमति भएको उल्लेख गर्नुभएको हो।

उहाँले लेख्नुभएको छ, "वर्तमान राजनीतिक व्यवस्था र संविधानको रक्षाका विषयमा प्रमुख दलका शीर्ष नेताहरुसँग महत्वपूर्ण परामर्श भयो। समावेशी गणतन्त्रको रक्षा गर्दै शान्ति सुव्यवस्था कायम राख्न सबै राजनीतिक शक्ति एकताबद्ध हुनुपर्नेमा हामी सहमत छौं।"

प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायका मुद्दाहरुलाई पनि प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको बताउनुभएको छ। "सङ्क्रमणकालीन न्यायका मुद्दाहरुलाई पनि प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं," उहाँले थप उल्लेख गर्नुभएको छ।