१७ असार २०८२ , मंगलवार

प्रधानमन्त्री ओली स्पेनका प्रधानमन्त्रीले आयोजना गरेको रात्रिभोजमा सहभागी

News
१७ असार, काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजद्वारा आयोजित रात्रिभोजमा सहभागी भएका छन्।

संयुक्त राष्ट्रसङ्घको 'विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन'मा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखको सम्मानमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य पनि रात्रिभोजमा सहभागी भएकी थिइन्।

यसअघि प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच आइतबार द्विपक्षीय भेटवार्ता भएको थियो।