२० फाल्गुन २०८२ , बुधबार

मौन अवधि सुरु: प्रचारप्रसारमा पूर्ण रोक, उल्लंघन गरे उम्मेदवारी खारेजीसम्मको कारबाही

News
१९ फाल्गुन, काठमाण्डौँ ।

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मौन अवधि लागू भएको छ। राजनीतिक दल तथा उम्मेदवारका लागि तोकिएको प्रचारप्रसारको समय मङ्गलबार मध्यरातबाट औपचारिक रूपमा समाप्त भएको हो। निर्वाचन आयोगले फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ बजेसम्म प्रचारप्रसारको समय निर्धारण गरेको थियो।

मतदान हुनुभन्दा ४८ घण्टाअघि सुरु भई मतदान सम्पन्न नभएसम्म कायम रहने मौन अवधिमा कुनै पनि प्रकारको प्रचार, भाषण, सभा, छलफल वा निर्वाचनलाई प्रभाव पार्ने गतिविधि गर्न पाइँदैन। सामाजिक सञ्जाल, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यममार्फत मत माग्न वा प्रचारप्रसार गर्न पनि प्रतिबन्ध लगाइएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले आर्थिक लेनदेन वा अन्य गतिविधि गरिएको पाइएमा उम्मेदवारी खारेज हुनुका साथै दोषीलाई छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने सजाय हुन सक्छ।

निर्वाचन आयोगले निर्वाचन प्रक्रियामा शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट गरेको छ। मौन अवधिले मतदातालाई स्वच्छ, स्वतन्त्र र दबाबरहित वातावरणमा विवेकपूर्ण निर्णय गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

यस अवधिमा मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था छ। साथै उम्मेदवार वा दलको पक्षमा प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन–प्रसारण गर्न पनि निषेध गरिएको छ।

मौन अवधि निर्वाचन व्यवस्थापनका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ। यसले सुरक्षा व्यवस्थापन, मतदान केन्द्रको तयारी, मतदाता लाइन व्यवस्थापन तथा समग्र वातावरणलाई शान्तिपूर्ण बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ। विश्वका विभिन्न मुलुकमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्ने प्रचलन रहेको छ।

SEO Section

SEO Title:

 

SEO Subtitle:

 

SEO Keywords: