१४ बैशाख २०८२ , आईतवार

भारतीय मन्त्री खट्टर मंगलबार नेपाल आउँदै, कोशी करिडोर प्रसारण लाइन उद्घाटन गर्ने

News
८ बैशाख, काठमाण्डौँ ।

भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर भोलि (मंगलबार) नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो।

दुई दिने भ्रमणका क्रममा मन्त्री खट्टरले सङ्खुवासभाको तुम्लिङटारमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइनको उद्घाटन गर्ने कार्यक्रम छ। उहाँले भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृह र बाँध क्षेत्रको पनि अवलोकन गर्नुहुनेछ।

भ्रमणका क्रममा नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको प्रसारण लाइनको सम्झौतापत्रमा हस्ताक्षर गरेर निर्माण प्रक्रिया अगाडि बढाइने छ।

वैशाख १० गते भारतीय मन्त्री खट्टरले मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ। उहाँले प्रधानमन्त्री र उपप्रधानमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ।