१४ असार २०८३ , आईतवार

महेश बस्नेतको लिङ्देनमाथि कटाक्ष: ‘प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टर दिने सपना देख्न थाले?’

News
७ जेष्ठ, काठमाण्डौँ ।

नेकपा एमालेका नेता महेश बस्नेतले सामाजिक सञ्जालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनमाथि कटाक्ष गरेका छन्। लिङ्देनले प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टर दिने सपना देखेको भन्दै बस्नेतले व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन्।

बस्नेतले लिङ्देनलाई विगतका राजनीतिक गठबन्धन र एमालेको सहयोगमा सांसद भएको कुरा स्मरण गराएका छन्। उनले लेखेका छन्, "एमालेको काँध चढेर सांसद भएका मान्छे आज लोकतन्त्रलाई हेलिकप्टरमा उडाउने कुरा गर्ने?"

गणतन्त्र सजिलै नआएको भन्दै बस्नेतले जेल, यातना र जनताको बलिदानबाट यो प्रणाली स्थापित भएको बताएका छन्। उनले लिङ्देनले दुर्गा प्रसाईंसँग मिलेर संविधान जलाउने र राजा फर्काउने सपना देखेकोमा पनि असन्तुष्टि व्यक्त गरेका छन्।

बस्नेतले देशले राजनीतिक प्रतिस्पर्धा खोजिरहेको र संविधानभित्रको बहस हुनुपर्नेमा जोड दिएका छन्। अन्यथा, लिङ्देनलाई 'धोती न टोपी' सहित देश छोड्नुपर्ने दिन आउन सक्ने चेतावनी दिएका छन्।