१४ बैशाख २०८२ , आईतवार

नेता रिहा नभएसम्म आन्दोलन जारी राख्ने राप्रपा अध्यक्ष लिङ्गदेनको चेतावनी

News
८ बैशाख, काठमाण्डौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना नेता कार्यकर्ता रिहा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। सिंहदरबारमा आइतबार गरिएको सांकेतिक प्रदर्शनका क्रममा पक्राउ परी रिहा भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।

उनले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपाका नेताहरुलाई सरकारले रिहा नगरेसम्म आन्दोलन जारी रहने अडान लिएका छन्।

आइतबार अध्यक्ष लिङ्देनसहित नेता बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानबहादुर शाही लगायत सात जनालाई सिंहदरबारभित्र प्रदर्शन गरेपछि प्रहरीले पक्राउ गरेको थियो। राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेसँगै अध्यक्ष लिङ्देन आफैँ सिंहदरबार परिसरभित्र प्रदर्शनमा उत्रिएका थिए। पक्राउ परेका सबै नेता कार्यकर्ता रिहा भइसकेका छन्।