१ असार २०८२ , आईतवार

बेपत्ता व्यक्तिको परिवारलाई न्याय हुनेगरी बेपत्ताको खोजी गर्छौं : अध्यक्ष गड्तौता

News
१२ जेष्ठ, काठमाण्डौँ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौताले बेपत्ता पारिएका व्यक्तिको परिवारलाई न्याय हुनेगरी बेपत्ताको खोजी गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

सशस्त्रद्वन्द्वका पीडित परिवारसँग भएको भेटमा उनले पीडित परिवारलाई चित्त बुझ्ने गरी बेपत्ताको खोजतलास गरी यदि द्वन्द्वकै समयमा बेपत्ता भएको, के कारणले, कसले, किन बेपत्ता बनाएको हो भन्ने कुरा पत्ता लगाएपछि पीडितलाई न्याय हुनेगरी परिपूरणको निम्ति सिफरिस गरिने बताइन्।

उनले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य विरूपण तथा मेलमिलाप आयोग ऐन–२०७१’ बमोजिम विनियमावलीको निम्ति प्रारम्भिक मस्यौदा तयारी भएको जानकारी दिँदै विनियिमावलीलाई सर्वमान्य बनाउन मस्यौदामाथि द्वन्द्वपीडित परिवारसँग छलफलपछि मात्रै पूर्णता दिने बताइन्। अहिलेसम्म आयोगले गरेका कामको समीक्षा गर्दै अगाडि बढ्ने गरी आयोगले कार्ययोजना पनि तयार गरेको छ।

अध्यक्ष गड्तौलाले २०८१ साल भदौमा ऐनको तेस्रो संशोधन गरी सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउने गरी व्यवस्था गरिएको बताइन्।