१४ बैशाख २०८२ , आईतवार

पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत प्रस्थान

News
१३ बैशाख, काठमाण्डौँ ।

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन्।

उनी प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अतिथिका रूपमा सहभागी हुन आज त्यहाँ गएका हुन्। आइतबारदेखि भारतको फरिदावादमा समाजको अधिवेशन सुरु हुँदैछ।

डा. भट्टराईका साथ उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी यमी र सचिव एवं प्रवास प्रदेशअन्तरगत भारतका ईन्चार्ज शन्देश कार्की रहेका छन्।