१४ बैशाख २०८२ , आईतवार

परराष्ट्रमन्त्री आरजु राणा देउवा आज बैंकक प्रस्थान गर्दै

News
७ बैशाख, काठमाण्डौँ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगको ८१औं सत्रमा भाग लिन आज बैंकक प्रस्थान गर्दैछिन्। सत्र अप्रिल २१ देखि २५ सम्म चल्नेछ।

उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन्, जसमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सहभागी हुनेछन्। सत्रको विषय "एसिया र प्रशान्त क्षेत्रमा दिगो शहरी विकासका लागि क्षेत्रीय सहयोगको उपयोग" रहेको छ।

नेपालले हाल युएनईएससीएपीको अध्यक्षता गरिरहेकाले मन्त्री देउवाले सत्रको अध्यक्षता गर्ने र नेपालको तर्फबाट सम्बोधन गर्ने अपेक्षा गरिएको छ।