२ असार २०८२ , सोमबार

संघीय संसदमा आजको कार्यसूची: प्रधानमन्त्रीको जवाफदेखि विधेयकमाथि छलफलसम्म

News
६ जेष्ठ, काठमाण्डौँ ।

आजको प्रतिनिधिसभा बैठक बिहान ११ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने तय भएको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।

त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी गराउनुभयो। भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ।