७ असार २०८३ , आईतवार

कांग्रेस सभापति देउवाद्वारा पूर्वसभापति डङ्गोलको निधनप्रति शोक व्यक्त

News
१३ बैशाख, काठमाण्डौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ कांग्रेसका पूर्वसभापति तीर्थराम डङ्गोलको निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन्।

नेता डङ्गोलको निधनमा आज शोक वक्तव्य जारी गर्दै उनले “नेपाली कांग्रेस काठमाडौँका पूर्वसभापति, पूर्वस्वास्थ्य राज्यमन्त्री, मुलुकको लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलको निधनको खबरले मलाई अत्यन्त दुखित बनाएको छ। उहाँले कांग्रेसको सङ्गठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीले विर्सने छैन,” भनेका छन्।

सभापति देउवाले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्। नेता डङ्गोलको शुक्रबार राति ७७ वर्षको उमेरमा निधन भएको हो। उहाँको पार्थिव शरीरलाई आज बिहान ११ः०० बजेदेखि नै पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ। दिउँसो १ः०० बजेसम्म शव राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। अपराह्न २ः०० बजे काठमाडौँको टेकु दोभानमा उहाँको दाहसंस्कार गरिनेछ।

सभापति देउवाले नेता डङ्गोलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।