१ असार २०८२ , आईतवार

माले सचिवालय बैठक आज बस्दै, बजेट र समसामयिक विषयमा छलफल हुने

News
११ जेष्ठ, काठमाण्डौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दैछ। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट तथा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिएको जानकारी अनुसार, बैठकमा बजेट, गणतन्त्र दिवस, सरकारको काम, र मुलुकको राजनीतिक परिस्थितिलगायतका विषयमा छलफल हुने भएको छ।

यसअघि एमाले सचिवालयको बैठक गत वैशाख २१ गते बसेको थियो। आजको बैठकले बजेट र वर्तमान राजनीतिक अवस्थाबारे पार्टीको धारणा तय गर्ने अपेक्षा गरिएको छ।

 

 

Title:
CPN-UML Secretariat Meeting Scheduled for Today

Slug:
cpn-uml-secretariat-meeting-today

Subtitle:
The Secretariat meeting of the CPN-UML is scheduled to be held today to discuss various party and national issues.

Description:
The Secretariat meeting of the CPN-UML, Nepal's major political party, is taking place today. The meeting is expected to address key political agendas, party organization matters, and ongoing national issues. CPN-UML's leadership will deliberate on strategies for the party’s future direction.

Keywords:
CPN-UML, UML Secretariat meeting, UML meeting today, Nepal politics, UML internal meeting, political news Nepal