३१ जेष्ठ २०८२ , शनिबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार १५ मा

News
३१ जेष्ठ, काठमाण्डौँ ।

नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव पौडेलको भनाइ छ।