१४ बैशाख २०८२ , आईतवार

काश्मिर आक्रमण: बुटवलका सुदिपको त्रिवेणीमा अन्त्येष्टि

News
११ बैशाख, काठमाण्डौँ ।

भारतको काश्मिरमा भएको आतंकवादी आक्रमणमा बुटवलका २३ वर्षीय सुदिप न्यौपानेको दुखद निधन भएको छ। उनी आफ्नी आमा, बहिनी र ज्वाइँसँग काश्मिर घुम्न गएका थिए।

मंगलबार अन्नन्तनाग जिल्लामा भएको आक्रमणमा परी ज्यान गुमाएका न्यौपानेको शव आज बिहान सुनौली नाका हुँदै बुटवलस्थित घरमा ल्याइपुर्‍याइएको थियो।

शोकमा डुबेका परिवारजन र शुभचिन्तकहरूले उनलाई श्रद्धाञ्जली अर्पण गरेपश्चात्, उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि त्रिवेणी लगिएको छ। यस दुखद घटनाले बुटवलमा गहिरो शोक छाएको छ।