संघीय संसदको बजेट अधिवेशन यही शुक्रबारबाट सुरु हुने भएको छ। दिउँसो १ बजे बस्ने पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले समसामयिक राष्ट्रिय मुद्दाहरू र संसदको भूमिकाबारे आफ्नो विचार राख्नेछन्।
यस अधिवेशनमा सरकारले बजेट पारित गर्ने मुख्य लक्ष्य राखेको छ। साथै, लामो समयदेखि छलफलमा रहेको विद्यालय शिक्षा विधेयकलाई पनि टुंगोमा पुर्याउने तयारी छ। यसका लागि संसद बैठकहरू शनिबार र सार्वजनिक बिदाका दिनबाहेक नियमित रूपमा सञ्चालन हुनेछन्।