१३ बैशाख २०८२ , शनिबार

डा. बाबुराम भट्टराई आज भारत जाँदै

News
१३ बैशाख, काठमाण्डौँ ।

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदै छन्।

नेसपा उपाध्यक्ष मानुषी यमी भट्टराईका अनुसार डा. भट्टराई दिउँसो १ बजेको उडानबाट भारत प्रस्थान गर्ने कार्यक्रम छ। उनी भारतमा आयोजना हुने प्रगतिशील नेपाली समाजको अधिवेशनमा अतिथिको रूपमा सहभागी हुन लागेका हुन्।

उक्त अधिवेशन भोलि आइतबार भारतको फरिदावादमा सुरु हुनेछ। डा. भट्टराईसँगै नेसपाकी उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी यमी भट्टराई र नेसपाका सचिव एवं प्रवास प्रदेशअन्तर्गत भारतका इन्चार्ज सन्देश कार्की पनि भारत जाँदैछन्।