काठमाडौं । वैदेशिक रोजगारीका लागि रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा घर भई हाल ललितपुर बस्दै आएका २७ वर्षीय उमेश भोलोन रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आरोपित युवकले विभिन्न बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाउँथे । खासगरी वैदेशिक रोजगारीका लागि रसिया लैजाने भन्दै रकम माग्थे । र, सम्पर्क विहीन हुन्थे । यसरी उनले चार जना पीडितबाट तीन लाख ४० हजार रुपैयाँ बढी ठगी गरेको प्रहरीले जनाएको छ । पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले आरोपित भोलोनलाई सोमबार टेकुबाट पठाएको हो ।
उनीमाथि थप अनुसन्धान एवम् आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभा ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।