१५ बैशाख २०८२ , सोमबार

कपिलवस्तुमा स्रोत नखुलेको ४२ लाख ९० हजार रुपैयाँसहित एक युवक पक्राउ

News
१४ बैशाख, काठमाण्डौँ ।

कपिलवस्तु प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले शिवराज नगरपालिका-५, ग्यालेक्सी टोलस्थित एक घरमा डेरा गरी बस्ने आशिष कुमार पटवालाई पक्राउ गरेको हो।

प्रहरीले उनको कोठामा खानतलासी गर्दा ४२ लाख ६३ हजार ९ सय नेपाली रुपैयाँ र २६ हजार ५ सय ४४ भारतीय रुपैयाँ बरामद गरेको छ। पक्राउ पर्ने आशिष कुमार पटवा भारत बलरामपुर जिल्ला, तुल्सीपुरका २२ वर्षीय हुन्।

विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो। प्रहरीले रकम गन्ने मेसिन पनि बरामद गरेको छ। पक्राउ परेका पटवामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।