उत्तर प्रदेशको बदायूँमा एक ४३ वर्षीया महिला आफ्नी छोरीका ४६ वर्षीय ससुरासँग फरार भएकी छिन्। ममता नाम गरेकी ती महिलाले आफ्ना श्रीमान् घरमा नभएको मौका छोपेर छोरीका ससुरा शैलेन्द्रसँग प्रेम सम्बन्ध गाँसेकी थिइन्।
ट्रक चालक रहेका ममताका श्रीमान् सुनील कुमार महिनामा एक-दुई पटक मात्र घर आउने गर्थे। सुनीलले घर खर्चका लागि नियमित रूपमा पैसा पठाउने गरे पनि ममताले शैलेन्द्रलाई घरमा बोलाएर सम्बन्ध बढाएकी थिइन्।
ममताका छोरा सचिनका अनुसार शैलेन्द्र घर आउँदा आमाले आफूहरूलाई अर्को कोठामा जान भन्थिन्। छिमेकी अवधेश कुमारले पनि सुनील महिनामा एक-दुई पटक मात्र घर आउने गरेको र उनको अनुपस्थितिमा ममताले शैलेन्द्रलाई बोलाउने गरेको बताएका छन्।
सुनीलले शैलेन्द्रविरुद्ध स्थानीय प्रहरी चौकीमा उजुरी दिएका छन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।