१४ बैशाख २०८२ , आईतवार

कास्कीमा ठगी मुद्दामा एक महिला पक्राउ

News
१२ बैशाख, काठमाण्डौँ ।

कास्की प्रहरीले ठगी मुद्दामा एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका वडा नं. १० स्थायी वतन भई हाल ऐ. वडा नं. ३१ बागमारा बस्ने ४६ वर्षीया मनमाया थापालाई पक्राउ गरिएको हो।

थापाले पोखरा महानगरपालिका वडा नं. १० कै ७२ वर्षीया बृद्ध महिलालाई विवाहमा जानको लागि गरगहना दिनुहोला, भोलि नै फिर्ता दिन्छु भनी ४ लाख ८७ हजार रुपैयाँ बराबरको गरगहना लगेर सम्पर्कविहीन भएकी थिइन्। साथै, उनले पोखरा महानगरपालिका वडा नं. २ बाग्लुङ बसपार्क स्थित सुन पसलमा ७ लाख ५४ हजार रुपैयाँ बराबरको गरगहना खरिद गर्ने भनी बैंकको चेक दिएकी र उक्त चेक साट्न जाँदा खातावालाको सही नमिलेको कारण सम्पर्कविहीन भएको जाहेरी परेको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले थापालाई मिति २०८२ वैशाख १० गते पोखरा महानगरपालिका वडा नं. १० बाट पक्राउ गरेको हो। उनलाई ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।