२३ फाल्गुन २०८२ , शनिबार

फलफूल तथा तरकारी बजारमा आजको थोक मूल्य सूची

News
१३ जेष्ठ, काठमाण्डौँ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले तोकेको मूल्य अनुसार, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, भारतीय ठूलो गोलभेँडा रु ६०, लोकल सानो गोलभेँडा रु ६५ र टनेलको सानो गोलभेँडा रु ८० मा कारोबार हुनेछ। आलु रातो प्रतिकिलो रु ३७, भारतीय आलु रातो रु ३८ र मुडे आलु रातो रु ३९ मा बिक्री हुनेछ। भारतीय सुकेको प्याजको मूल्य रु ३८ प्रतिकिलो तोकिएको छ भने लोकल गाजर रु ५०, बन्दा रु २० र स्थानीय काउली रु ३५ प्रतिकिलोमा पाइनेछ।

त्यसैगरी, मूला रातो रु ४०, लोकल सेतो मूला रु २०, हाइब्रिड सेतो मूला रु २५, भन्टा लाम्चो रु ३० र भन्टा डल्लो रु ३५ प्रतिकिलोमा किनबेच हुनेछ। तनेबोडीको मूल्य प्रतिकिलो रु ७० र मकैबोडीको रु ६० कायम गरिएको छ। मटरकोसा रु ८५, घिउ सिमी (लोकल/हाइब्रिड) रु ४०, राजमा रु १०० र भटमास कोसा रु १२० प्रतिकिलोमा बिक्री हुनेछ। तीतो करेला रु ५०, लौका रु ४५, परबर (लोकल/तराई) रु ७०, चिचिण्डो रु ४०, घिरौला रु ४०, झिगुनी रु ६५, फर्सी पाकेको रु ४५, फर्सी हरियो (लामो) रु ३०, हरियो फर्सी (डल्लो) रु २० र भिण्डी रु ३५ प्रतिकिलोमा उपलब्ध हुनेछ।

यस्तै, सखरखण्ड प्रतिकिलो रु ७०, पिँडालु रु १२०, रायोसाग रु ४५, पालुङ्गो साग रु ६०, चमसुरको साग रु ८०, तोरीको साग रु ३० र मेथीको साग रु १०० तोकिएको छ। प्याज हरियो प्रतिकिलो रु ६०, च्याउ (कन्य) रु १८०, च्याउ (डल्ले) रु ३१०, कुरिलो रु ४०० र निगुरो रु ३० मा कारोबार हुनेछ। ब्रोकाउली प्रतिकिलो रु ६५, चुकुन्दर रु ६५, सजीवन रु ९०, रातो बन्दा रु ८०, जिरीको साग रु ९०, ग्याठकोभी रु ६०, सेलरी रु १८०, पार्सले रु ४००, सौफको साग रु १००, पुदिना रु ११०, गान्टेमूला रु ४०, इमली रु १७०, तामा रु १००, तोफु रु १४० र गुन्द्रुक रु ३५० मा किनबेच हुनेछ।

फलफूलतर्फ, स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ३५० र आँप (दशहरी) प्रतिकिलो रु २३० तोकिएको छ। अङ्गुर (हरियो) रु २५०, अङ्गुर (कालो) रु ३५०, तरबुजा (हरियो) रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५० र भुइँकटहर प्रतिगोटा रु २०० मा कारोबार हुनेछ। काँक्रो (लोकल) रु ४०, काँक्रो (हाइब्रिड) रु २०, रुखकटहर रु ६५, नास्पाती (चाइनिज) रु २५०, मेवा (नेपाली) रु ८० तोकेको छ ।