१७ असार २०८२ , मंगलवार

काठमाडौंमा कटुवा पेस्तोलसहित दुई जना पक्राउ

News
१७ असार, काठमाण्डौँ ।

काठमाडौं महानगरपालिका–८ तिलगंगाबाट कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

असार १६ गते दिउँसो २ बजे प्राप्त सूचनाका आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले तिलगंगास्थित एक घरमा डेरा गरी बस्ने २९ वर्षीय सुरेश कुराम र २६ वर्षीय दिनेश कुरामलाई पक्राउ गरेको हो। महोत्तरी घर भएका उनीहरुको डेरा कोठामा किटक्याट लेखिएको बट्टाभित्र लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोल १ थान फेला परेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट १ थान कटुवा पेस्तोल, २ थान म्याग्जिन, १ थान DAOFENG रेडियो सेट, १ थान रेडियो सेटको LI-ION ब्याट्री, १ थान खुकुरी र ३ थान मोबाइल बरामद गरिएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।