१४ बैशाख २०८२ , आईतवार

अदालतको आदेशका बाबजुद ट्रम्प प्रशासनद्वारा एपी पत्रकारलाई ओभल अफिस प्रवेशमा रोक

News
२ बैशाख, काठमाण्डौँ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेबीच सोमबार ओभल अफिसमा भएको पत्रकार सम्मेलनमा अदालतको आदेशका बाबजुद एसोसिएटेड प्रेस (एपी) का पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ।

एक रिपोर्टर र फोटोग्राफरलाई उक्त कार्यक्रममा सामेल हुन दिइएन। गत हप्ता एक संघीय अदालतले ट्रम्प प्रशासनले एपीलाई उसको पहुँचबाट वञ्चित गर्न नसक्ने भनी आदेश दिएको थियो। यो आदेश सोमबारदेखि लागू हुनुपर्ने थियो।

तर, ट्रम्प प्रशासनले उक्त फैसलाविरुद्ध पुनरावेदन अदालतमा अपील गरेको छ र अपीलमा अन्तिम निर्णय नहुँदासम्मका लागि अदालतको आदेश कार्यान्वयनमा रोक लगाउन माग गरेको छ।

यस मुद्दामा अर्को सुनुवाइ बिहीबार डीसी सर्किट पुनरावेदन अदालतमा हुने तय भएको छ। एपीले भने तत्काल पूर्ण पहुँच पुनर्स्थापनाको माग गरिरहेको छ।