कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
आज तोकिएको मूल्य अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६० र गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५ रहेको छ। त्यस्तै, आलु रातो प्रतिकिलो रु ३३, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५ र भन्टा लाम्चो प्रतिकिलो रु ३० तोकिएको छ।
अन्य तरकारीहरूमा तने बोडीको मूल्य प्रतिकिलो रु ९०, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, तितो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु २५, परबर (लोकल) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ५०, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ७० र फर्सी पाकेको प्रतिकिलो रु ५० कायम गरिएको छ।
सागको मूल्यमा रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ७०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ९० तोकिएको छ। च्याउमा च्याउ (कन्य) प्रतिकिलो रु २०० र च्याउ (डल्ले) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ।
फलफूलको मूल्य
समितिका अनुसार स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २०० र भारतीय सुन्तला रु १४० तोकिएको छ।
अन्य फलफूलहरूमा तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, रुख कटहर प्रतिकिलो रु १००, नासपाती (चाइनिज) प्रतिकिलो रु २६० र मेवा (नेपाली) प्रतिकिलो रु ५० निर्धारण गरिएको छ।
अन्य कृषि उपज
अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ८०, हरियो धनिया प्रतिकिलो रु १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२० र रुख टमाटर प्रतिकिलो रु १६० तोकिएको छ।