१३ बैशाख २०८२ , शनिबार

यस्तो छ आजको मुद्रा विनिमय दर, प्रतिडलर १३६.९८ रुपैयाँसम्म

News
११ बैशाख, काठमाण्डौँ ।

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९८ पैसा तोकिएको छ।

अन्य मुद्राको विनिमयदर यस प्रकार छ: युरोको खरिद दर १५५ रुपैयाँ ४० पैसा, बिक्री दर १५६ रुपैयाँ ०८ पैसा, युके पाउन्डको खरिद दर १८१ रुपैयाँ ४१ पैसा, बिक्री दर १८२ रुपैयाँ २० पैसा, स्वीस फ्र्याङ्कको खरिद दर १६५ रुपैयाँ ५८ पैसा, बिक्री दर १६६ रुपैयाँ ३१ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ८७ रुपैयाँ ३७ पैसा, बिक्री दर ८७ रुपैयाँ ७६ पैसा, क्यानेडियन डलरको खरिद दर ९८ रुपैयाँ ५९ पैसा, बिक्री दर ९९ रुपैयाँ ०२ पैसा र सिङ्गापुर डलरको खरिद दर १०४ रुपैयाँ, बिक्री दर १०४ रुपैयाँ ४६ पैसा तोकिएको छ।

त्यस्तै, जापानी येन (१०) को खरिद दर नौ रुपैयाँ ६१ पैसा, बिक्री दर नौ रुपैयाँ ६५ पैसा, चिनियाँ युआनको खरिद दर १८ रुपैयाँ ७१ पैसा, बिक्री दर १८ रुपैयाँ ७९ पैसा, साउदी रियालको खरिद दर ३६ रुपैयाँ ३६ पैसा, बिक्री दर ३६ रुपैयाँ ५२ पैसा, कतारी रियालको खरिद दर ३७ रुपैयाँ ३१ पैसा, बिक्री दर ३७ रुपैयाँ ४८ पैसा, थाई भाटको खरिद दर चार रुपैयाँ ०९ पैसा, बिक्री दर चार रुपैयाँ १० पैसा, युएई दिरामको खरिद दर ३७ रुपैयाँ १३ पैसा, बिक्री दर ३७ रुपैयाँ २९ पैसा र मलेसियन रिङ्गेटको खरिद दर ३१ रुपैयाँ ०६ पैसा, बिक्री दर ३१ रुपैयाँ २० पैसा तोकिएको छ।

यसैगरी, कोरियन वन (१००) को खरिद दर नौ रुपैयाँ ५९ पैसा, बिक्री दर नौ रुपैयाँ ६३ पैसा, स्विडिस क्रोनरको खरिद दर १४ रुपैयाँ २३ पैसा, बिक्री दर १४ रुपैयाँ २९ पैसा, डेनिस क्रोनरको खरिद दर २० रुपैयाँ ८२ पैसा, बिक्री दर २० रुपैयाँ ९१ पैसा, हङकङ डलरको खरिद दर १७ रुपैयाँ ५८ पैसा, बिक्री दर १७ रुपैयाँ ६५ पैसा, कुवेती दिनारको खरिद दर ४४५ रुपैयाँ ३१ पैसा, बिक्री दर ४४७ रुपैयाँ २७ पैसा, बहराइन दिनारको खरिद दर ३६१ रुपैयाँ ८३ पैसा, बिक्री दर ३६३ रुपैयाँ ४२ पैसा, ओमनी रियालको खरिद दर ३५४ रुपैयाँ २४ पैसा र बिक्री दर ३५५ रुपैयाँ ८० पैसा तथा भारतीय रुपैयाँ (१००) को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैङ्कले यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।