१३ बैशाख २०८२ , शनिबार

दक्षिणी अफगानिस्तानमा घर भत्किँदा दुई बालबालिकाको मृत्यु, सात घाइते

News
१३ बैशाख, काठमाण्डौँ ।

दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तमा एउटा माटोको घरको छत भत्किँदा दुई जना बालबालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। स्थानीय अधिकारीले शुक्रबार यो जानकारी दिएका हुन्।

प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणका निर्देशक मुल्लाह अब्दुल सलामका अनुसार, यो दुखद घटना बिहीबार राति १५औँ प्रहरी जिल्लाको बाहिरी इलाकामा भएको थियो। पीडित बालबालिकाका परिवार कान्दाहार शहरमा रात्रीभोजको लागि जम्मा भएका थिए।

घाइते बालबालिकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको छ, जहाँ दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

अफगानिस्तानका दुर्गम क्षेत्रहरूमा प्रायः माटोले बनेका घरहरू हुने गरेका छन्। घरहरू कमजोर भएका कारण भत्किँदा ठूलो मानवीय क्षति हुने गरेको छ।