१३ बैशाख २०८२ , शनिबार

मस्तिष्क तेजिलो बनाउने देखि क्यान्सरको जोखिम घटाउनेसम्म: जान्नुहोस् भिजाएको ओखर खानुका फाइदा

News
१ बैशाख, काठमाण्डौँ ।

 मस्तिष्क स्वास्थ्य र स्मरणशक्ति बढाउनका लागि परिचित ओखर, स्वस्थ फ्याट, भिटामिन र मिनरलको खानी हो, जसले शरीरको समग्र स्वास्थ्यमा समेत महत्वपूर्ण योगदान पुऱ्याउँछ। विज्ञहरूका अनुसार, ओखरलाई काँचै खानुभन्दा राति भिजाएर बिहान खाली पेटमा खाँदा यसमा पाइने प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, ओमेगा–३ फ्याट्टी एसिड जस्ता पोषक तत्वहरूको अवशोषण बढ्छ र फाइदा कैयौं गुणा वृद्धि हुन्छ। 

 

नियमित रूपमा भिजाएको ओखरको सेवनले ब्लड सुगर नियन्त्रण गरी मधुमेहको जोखिम कम गर्ने, उच्च फाइबरका कारण पाचन प्रणालीलाई सुधार्ने र कब्जियत हुन नदिने, अल्फा-लिनोलेनिक एसिड र क्याल्सियमले हड्डी तथा दाँतलाई मजबुत बनाउने गर्दछ। यसका साथै, ओखरमा पाइने ओमेगा–३ फ्याट्टी एसिडले शरीरको सुजन कम गर्नुका साथै राम्रो कोलेस्ट्रोल बढाएर मुटुलाई स्वस्थ राख्न र उच्च रक्तचाप नियन्त्रणमा मद्दत गर्छ। अझ महत्वपूर्ण कुरा, ओखरमा पाइने पोलिफेनोल इलागिट्यानिन्स र अन्य शक्तिशाली एन्टीअक्सिडेन्टहरूले स्तन, प्रोस्टेट र कोलोरेक्टल जस्ता क्यान्सरको जोखिम घटाउनुका साथै क्यान्सरका कोषहरू बन्नबाट रोक्न सक्ने विभिन्न अध्ययनहरूले देखाएका छन्।

 

 यी बाहेक, भिजाएको ओखरले रोग प्रतिरोधात्मक क्षमता बढाउने, तनाव घटाउने, निद्रामा सुधार ल्याउने, तौल व्यवस्थापनमा सघाउने र पुरुषहरूको प्रजनन क्षमता अभिवृद्धि गर्ने जस्ता थप फाइदाहरू समेत प्रदान गर्दछ जसले यसलाई दैनिक आहारको एक महत्वपूर्ण हिस्सा बनाउँछ।