राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारको विषयलाई ओझेलमा पार्न सरकारले राजावादीहरूले आतंक मच्चाएको हल्ला फैलाएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सिंहले आफूहरू राजावादी भएको तर राजाको समर्थनको आडमा भ्रष्टाचार ढाकछोप गर्न नमिल्ने बताए। उनले दुवै विमानस्थलमा भएको भ्रष्टाचारको छानबिन हुनुपर्ने माग गरे। उनले भने, "हामी राजा चाहिन्छ भन्ने मान्छे हौँ, तर यसको आडमा भ्रष्टाचार लुकाउन पाइँदैन।"