जापानमा चामलको मूल्य अप्रिल २७ सम्मको हप्तामा नयाँ रेकर्ड कायम गरेको छ। कृषि मन्त्रालयकाअनुसार प्रति ५ किलो चामलको मूल्य ४ हजार २ सय ३३ येन (लगभग ३० अमेरिकी डलर) पुगेको छ। यो लगातार १७ औँ हप्ताको लागि उच्चतम स्तर हो।
एक वर्ष अघिको भन्दा यो मूल्य दोब्बरभन्दा बढी हो। अप्रिल २१ र २७ को बिचमा देशभरका लगभग १ हजार सुपरमार्केटहरूमा बेचिएको ५ किलो चामलको औसत मूल्य अघिल्लो हप्ताको तुलनामा १३ येनले बढेको छ। यो मार्च २०२२ मा तथ्याङ्क सङ्कलन सुरु भएदेखिको उच्चतम स्तर हो।
आपूर्ति स्थिर गर्न जापान सरकारले मार्चमा दुई चरणको लिलामी पछि क्रमशः २ लाख १२ हजार १ सय ३२ टन भण्डारण गरिएको चामल जारी गर्दै आएको छ।
मार्चमा सरकारले भण्डारण गरेको हजारौँ टन चामल लिलामी मार्फत जारी गरिएको भए पनि सुपर मार्केटको शेल्फमा थोरै मात्र चामल पुगेको छ। जसले गर्दा प्रमुख चामलको खुद्रा मूल्य निरन्तर उच्च रहेको स्थानीय सञ्चारमाध्यमले रिपोर्ट गरेका छन्।