नेपाल प्रहरीमा ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरिएको छ। गृह मन्त्रालयमा बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले यो निर्णय गरेको हो।
बढुवा सिफारिस हुने डिआइजीहरुमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी रहेका छन्।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम (४) अनुसार उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिए। थापा बढुवा सिफारिस समितिका सदस्य सचिव हुन्।
