२२ जेष्ठ २०८३ , शुक्रबार

प्रशेष पाण्डेले जिते ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि

News
२० बैशाख, काठमाण्डौँ ।

हिमालय टेलिभिजनबाट प्रसारित लोकप्रिय गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ को छैटौं सिजनको उपाधि प्रशेष पाण्डेले जितेका छन्। शुक्रबार राति सम्पन्न भव्य फाइनलमा उनले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै यो सफलता हासिल गरेका हुन्।

टीम खेम सेन्चुरीका सदस्य रहेका प्रशेषले दर्शकहरुको मन जितेर नगद २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा रोशन राई पहिलो उपविजेता बने भने प्रमेश राई दोस्रो र अर्पणा आचार्य तेस्रो उपविजेता घोषित भए।

विजेता घोषणा कार्यक्रममा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले प्रशेषलाई बधाई दिँदै पुरस्कार हस्तान्तरण गरेका थिए।