नेपालमा पछिल्लो समय महिलाहरूमा पोलिसिस्टिक ओवरी डिजीज (PCOD) को समस्या बढ्दो क्रममा छ। १६ देखि ४० वर्ष उमेर समूहका महिलाहरूमा यो समस्या देखिने गरेको छ। यद्यपि नेपालमा यसको आधिकारिक तथ्याङ्क उपलब्ध छैन् तर चिकित्सकहरूका अनुसार यो समस्या बढ्दो छ।
महिला चिकित्सकका अनुसार, पीसीओडी बढ्नुको मुख्य कारण गलत खानपान र जीवनशैली हो। धेरै महिलाहरू तौल घटाउनको लागि खाना कम खाने गर्छन्, जसले गर्दा पेटको आन्द्रा कमजोर हुन्छ र पीसीओडी को जोखिम बढ्छ। यसका साथै, अनियमित जीवनशैली, जंक फूडको अत्यधिक सेवन र शारीरिक व्यायामको कमीले पनि यो समस्या निम्त्याउन सक्छ।
पीसीओडीको समयमै उपचार नगरेमा महिलाहरूमा बांझपनको खतरा बढ्छ। साथै, १५-२० प्रतिशत महिलाहरूमा गर्भाशयको क्यान्सर सम्म हुने सम्भावना हुन्छ। धेरै महिलाहरू यो रोगप्रति सचेत नभएका कारण समस्या जटिल बन्दै गएको छ।
पीसीओडी बाटबच्नको लागि सन्तुलित भोजन, नियमित व्यायाम, तौल नियन्त्रण, सही जीवनशैली र नियमित स्वास्थ्य जाँचमा ध्यान दिनुपर्छ। गर्मी मौसममा सामान्य तापक्रममा बस्नुपर्छ, किनकि धेरै चिसो पानी पिउने र एसीमा बस्ने बानीले पनि यस्ता समस्या निम्त्याउन सक्छ। यस्तो अवस्थामा आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ र जुस जस्ता तरल पदार्थको सेवन गर्नुपर्छ।